एमालेका पृथ्वीसुब्बालाई हराउँदै लमजुङमा रास्वपाका धर्मराज विजयी
लमजुङ | फागुन २३, २०८२
लमजुङमा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसी विजयी हुनुभएको छ ।
शनिबार सम्पन्न मतगणनामा नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारको भन्दा दोब्बर मत ल्याउँदै केसी विजयी हुनुभएको हो ।
नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १७ हजार २२ मतान्तरले पछि पार्दै रास्वपाका केसीले जित निकाल्नुभएको हो ।
निर्वाचनमा खसेको कुल ७५ हजार ४६० मतमध्ये ३३ हजार ८९८ मत प्राप्त गर्दै केसीले प्रतिनिधि सभाको यात्रा तय गर्नुभएको हो ।
केसीले ३३ हजार ८९८ मत पाउँदा नेकपा (एमाले) का उम्मेदवार गुरुङले १६ हजार ८७६ मत र नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले १६ हजार ५९६ मत प्राप्त गर्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का हरि जङ्ग तामाङले ३ हजार ३७१ मत पाउनुभयो । देशभर रास्वपाको लहर चल्दा लमजुङमा बलियो सङ्गठन रहेका एमाले र कांग्रेसका उम्मेदवारहरूको संसद् यात्रामा ‘ब्रेक’ लाग्न पुगेको छ ।
२०७९ को निर्वाचनमा एमालेका पृथ्वीसुब्बा गुरुङले तत्कालीन नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनका साझा उम्मेदवार तथा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई पराजित गर्नुभएको थियो ।
पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९६९ मत ल्याउँदा देवप्रसाद गुरुङ ३१ हजार ७८१ मतमा सीमित हुनुभएको थियो । त्यतिबेला मतान्तर ३ हजार १८८ थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

